नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्ने भएको छ । बैठक दिउँसो २ बजे बालुवाटारमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा महाधिवेशनका कार्यतालिकामा केही हेरफेरका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएपनि पार्टीमा क्रियाशील सदस्यका विषयमा विवाद छ ।
पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै शुक्रबार बालुवाटार सरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ४ दिनपछि देउवा बालुवाटारस्थित सरकारी निवासमा सरेका हुन् ।








