नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री चयन गर्दा निश्चित मापदण्ड लागू हुने गरि मन्त्रिमण्डल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्ने भएका छन् ।
महिला, दलित, मधेसी, पिछडिएकोक्षेत्र लगायतबाट मन्त्रिपरिषदमा सहभागितालाई प्राथमिकता दिन प्रधानमन्त्रीसँग आग्रह गर्ने पौडेल पक्षीय नेता दिलेन्द्र बडुले बताए।
उक्त समूहको बैठकले आफ्नो पक्षले ‘सम्मानजनक’ रूपमा मन्त्रालय पाउनुपर्ने र सङ्ख्याका बारेमा दिउँसो बस्ने शीर्ष नेताको बैठक निर्णय गर्ने भएको छ ।
प्रधानमन्त्री देउवाले आफू निकटका दुई जनालाई मन्त्री बनाएपनि वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री बनिसकेका छैनन्। दोस्रो चरणमा डा मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, पुष्पा भुसाल र उमाकान्त चौधरी मन्त्री बन्ने चर्चा छ। भुसाल प्रधानमन्त्री निकट सांसद हुन्।








