मन्त्री चयन गर्दा मापदण्ड अपनाउनु पर्ने पौडेल पक्षको माग



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री चयन गर्दा निश्चित मापदण्ड लागू हुने गरि मन्त्रिमण्डल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्ने भएका छन् ।

महिला, दलित, मधेसी, पिछडिएकोक्षेत्र लगायतबाट मन्त्रिपरिषदमा सहभागितालाई प्राथमिकता दिन प्रधानमन्त्रीसँग आग्रह गर्ने पौडेल पक्षीय नेता दिलेन्द्र बडुले बताए।

उक्त समूहको बैठकले आफ्नो पक्षले ‘सम्मानजनक’ रूपमा मन्त्रालय पाउनुपर्ने र सङ्ख्याका बारेमा दिउँसो बस्ने शीर्ष नेताको बैठक निर्णय गर्ने भएको छ ।

प्रधानमन्त्री देउवाले आफू निकटका दुई जनालाई मन्त्री बनाएपनि वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री बनिसकेका छैनन्। दोस्रो चरणमा डा मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, पुष्पा भुसाल र उमाकान्त चौधरी मन्त्री बन्ने चर्चा छ। भुसाल प्रधानमन्त्री निकट सांसद हुन्।

प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार  १२ : ३८ बजे