नेपाल पक्षको आग्रह ओलिले मानेनन : एकलौटी बोलाए स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक



एमालेको माधब नेपाल समुहले केहीदिन बैठक पर सारेर कार्यदलले छलफल र सहमती गरेपछी बैठक राख्न गरेको आग्रह अध्यक्ष केपी शर्मा ओलीले नमान्ने छाट देखाएका छन ।यस अघी शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । शुक्रबारको बैठकमा नेता नेपाल पक्षको सहभागिता रहेको थिएन ।

बैठक केहि परा सार्न नेपाल पक्षको आग्रहका बाबजुत  नेकपा (एमाले)को स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताए ।उनले आइतबार ११ बजे च्यासलस्थित तुलसी स्मृति प्रतिष्ठानमा स्थायी कमिटी आह्वान गरिएको र त्यसमा संलग्न हुन सबै स्थायी कमिटी सदस्यहरुलाई सूचना पठाएको बताए।तेसैगरी ४ गते केन्द्रीय कमिटी बैठकसमेत बोलाएको उनले जानकारी गराएका छन्। ओली पक्षले त्यसलाई १४ औँ केन्द्रीय कमिटी बैठक भनेको छ ।

 

 

प्रकाशित मिति : श्रावण २, २०७८ शनिबार  ६ : ५४ बजे