के प्रधानमन्त्री देउवाले पाउलान् विश्वासको मत, यस्तो छ अंकगणित



प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसको कार्य व्यवस्था समितिको बैठकबाट प्रस्ताव लगेसँगै देउवाले विश्वासको मत लिनेछन्।

कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले कार्य व्यवस्था समितिको बैठकमा विश्वासको मतका लागि प्रस्ताव गरिसकेका छन्। पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै यसबारे संसद् सचिवालयमा जानकारी गइसकेको बताइएको छ।

असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। देउवालाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपनि पहिलो बैठकमै विश्वासको मत लिने तयारीमा देउवा पुगेका हुन्। यसका लागि देउवाले एमालेका माधव नेपाल पक्षलाई मनाइसकेका छन्।

प्रधानमन्त्री देउवा विश्वासको मत पाउनको लागि कांग्रेसका ६१, एमाले १२१, माओवादीका ४९, जसपा ३२, जनमोर्चा १, नेमकिपा १ र राप्रपा १ जना गरी हाल संसदमा २७१ जना सांसद छन्। जसमध्ये एमालेका ९८ जना, नेमकिपा, राप्रपा र जसपाका केही सांसदले विश्वासको मतको विपक्षमा मत दिने छन्। यसरी हेर्दा देउवाले डेढ सयको हाराहारीमा मत पाउने अनुमान गरिएको छ।

प्रकाशित मिति : श्रावण ३, २०७८ आइतबार  १० : ४२ बजे