वरिष्ठ नेता नेपाल निकटका नेताको खुलासा, यस कारण देउवाले लिदैछन् विश्वासको मत



प्रधानमन्त्री शेरबहादुर देउवाले आज लिन लागेको विश्वासको मतबारे नेकपा एमालेका सचिव भीम आचार्यले एमालेलाई फुटाउने षड्यन्त्र भइरहेको बताएका छन्।

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिँदैछन्। हतारहतार विश्वासको मत लिनु भनेको एमाले फुटाउने षड्यन्त्र भएको दाबी आचार्यको भनाइ छ।

‘विश्वासको मत लिन हतार गर्न के जरूरी छ ? एक महिनामा विश्वासको मत लिए हुन्छ चार दिनमा के हतार ?,’ आचार्यले भने, ‘त्यो एमालेलाई विभाजित गर्ने कुश्चित षड्यन्त्र अन्तर्गत सबचिज भएको छ, यो एमाले फुटाउने षड्यन्त्र हो।’

उनले १० बुँदे सहमतिलाई आधार बनाएर दुबै नेताहरू कुराकानी हुनुपर्ने बताए। पार्टी एकताको काम असाध्यै छिटो गरिनुपर्ने उनले बताए।

आचार्य वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन्। उनले विश्वासको मतका पक्ष वा विपक्षमा मत दिनेबारे पार्टीमा वा आफ्नो समूहमा छलफल नभएको दाबी गरेका छन्।

प्रकाशित मिति : श्रावण ३, २०७८ आइतबार  १२ : ५३ बजे