‘माधव कुमार नेपाल एमालेमा नफर्किने’



नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरु एमालेमा नरहने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताए । ज्ञावालीले अब माधव कुमार नेपाल एमाले नफर्किने समेत दावि गरेका हुन् ।

नेता ज्ञवालीका अनुसार आजै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता भएको थियो। उक्त भेटमा नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएको ज्ञवाली बताउँछन्। तर भंग भएको कार्यदलका सदस्यहरूले भने संस्थागत निर्णय गरेर जानुपर्ने बताएका थिए।

‘पार्टी एकतालाई निरन्तर प्रयास भएको छ। माधवकुमार नेपालले आफूले एक्लै भए पनि देउवाको प्रस्तावका पक्षमा मत हाल्ने कुरा गर्नुभयो,’ उनले भने।

प्रकाशित मिति : श्रावण ३, २०७८ आइतबार  १ : ४६ बजे