नेपाली कांग्रेसका युवा नेता सांसद गगन थापा हेलिकप्टरमार्फत् काठमाडौं आएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि पोखरामा रहेका थापा हेलिकप्टरमार्फत् काठमाडौं आएका हुन् ।
कांग्रेस नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरामा गाएका थापा आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि सडकमार्गबाट काठमाडौं आउँदै थिए। पोखराबाट पृथ्वीराजमार्ग हुँदै काठमाडौं आइरहे पनि पहिरोका कारण उनी दमौलीमा रोकिए ।
थापाका स्वकीय सचिव सबिनबाबु मुडभरीले थापा काठमाडौं आउँदै गरेको थापा पहिरोका कारण बाटोमा रोकिएपछि हेलि एभरेष्टमार्फत् काठमाडौं आएका छन्। थापासँगै पूर्वमन्त्री यज्ञ थापा पनि छन्।
आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतका लागि प्रस्ताव राख्दैछन्। आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।








