नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदैमा सरकारमा जानैपर्छ भन्ने नभएको बताएका छन् । देउवाले संसद्बाट विश्वासको मत लिनु पहिला आइतबार सामाजिक सञ्जालमार्फत पन्तले सो कुरा उल्लेख गरेका हुन् ।
पार्टीको विवाद समाधानका लागि एमाले कार्यदलको सुझावलाई आधार बनाएर अघि बढ्नुपर्ने भन्दै उनले भनेका छन्, ‘शेरबहादुर देउवालाई विश्वासको मत दिँदैमा सरकारमा जानुपर्छ भन्ने हुँदैन ।’
‘कार्यदलको सुझावलाई आधार बनाएर एकता मजाले गर्न सकिन्छ, चाहेमा । माधव नेपालको पुत्ला जलाउने, उनकोविरूद्ध मनपरी नारा लाउने र उनलाई पार्टीमा ठाउँ छैन भन्दै अध्यक्ष आफैले भाषण गर्दै परिस्थिति बिगारेको यथार्थलाई पनि मनन गरौं,’ पन्तले सामाजिक सञ्जालमा लेखेका छन् ।
पार्टी एकताका लागि सबैलाई जिम्मेवार बन्न पनि पन्तले भनेका छन् ।








