एमालेका ३५ सांसदले देउवालाई विश्वासको मत दिने चौधरीको दावि



प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका ३५ भन्दा बढी सांसदहरुले विश्वासको मत दिने नेकपा एमाले माधव समूहका सांसद मेटमणि चौधरीले बताएका छन् । सांसद चौधरी एमालेकै ओली पक्षका सांसदहरूले समेत देउवालाई विश्वासको मत दिने दाबी गरेका हुन् ।

‘हामी एमालेका ३५ भन्दा बढी सांसद प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन तयार छौ’, चौधरीले भने, ‘प्रतिनिधि सभा जोगाउनका लागि यसो गर्न लागेका हौँ ।’ उनले विगतमा केपी ओलीको पक्षमा लागेका केही सांसदहरू समेत देउवाको पक्षमा मत हाल्ने तयारीमा पुगेको बताए । ‘हाम्रो समूहका सबै सांसदले त हाल्ने नै भइयो ओली विगतमा ओली पक्षमा लागेका सांसदसमेत हामीसँग आइसकेका छन्’ चौधरीले भने, ‘अहिले उहाँहरूको नामचाहिँ सार्वजनिक नगरौँ अहिले हामी सबै एकै ठाउँ रहेका छौ ।’

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिदै छन् । देउवाले विश्वासको मत लिने तय भएसँगै माधव समूहकै कतिपय नेताहरूले एमाले फुटाउने योजना अनुसार हतारमा विश्वासको मत लिन लागेको भनेर सरकारको आलोचना गरेका छन् ।

प्रकाशित मिति : श्रावण ३, २०७८ आइतबार  ३ : ४३ बजे