काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी ठूलो यथास्थितिमा सुरक्षित नभएकाले जोगाउनु पर्ने परेको बताएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत पाएपछि नेता भुसालले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्–‘संसद जोगाउनु पथ्र्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोही पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धुलो टक्टक्याउँछौं र अगाडि बढ्छौं ।’
गए राति देउवालाई एमालेका ३३ सांसदले पार्टी ह्वीप उल्लंघन गरेपछि एमालेभित्रको विवाद झन् बढेको छ । यस्तो अवस्थामा एमाले एकताको सम्भावना न्युन रहेको अड्कल गर्दै पार्टी एकताको कसरतमा लागेको नेता भीम रावलले आइतबार नै सांसद पदबाट राजीनामा दिईसकेका छन् ।








