भीम रावलको राजीनामाबारे ओलीले गरे यस्तो खुलासा, अब के गर्लान रावल ?



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई माधव नेपालले हप्काएर पठाएपछि सांसद पदबाट राजीनामा दिएको बताएका छन् । सोमबार च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी एकता जोगाउन आग्रह गर्दा नेपालले हप्काएपछि रावलले सांसद पदबाट राजीनामा दिएको बताएका हुन् ।

ओलीले भने ‘पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिए ।’ उनले भने ‘भीम रावलहरुले देउवालाई विश्वासको मत नहालौं, पार्टी एकताबद्ध बनाऔं भन्दा म विधि, निर्णय मान्दिनँ एक्लै भएपनि भोट हाल्छु भनेर हप्काएर पठाए।’

यस्तै अध्यक्षओलीले उपाध्यक्ष रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । ‘हतारिएर किन राजीनामा दिएको रु सल्लाह गर्नुपर्ने । अझै पनि ​सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने ।

१० बुँदे सहमति माधव नेपालले स्वीकार नगरेको अध्यक्ष ओलीले बताए । ‘हामीले १० बुँदे सहमति स्वीकार गर्यौं । तर माधव नेपालले मानेनन्’, उनले भने । एमाले नेता रावलले आइतबार सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  २ : २४ बजे