एमाले नेता नेपालको पुत्ला दहन



राष्ट्रिय युवा संघले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको पुत्ला दहन गरेको छ । आफ्नै पार्टीलाई घात गरेर अर्को पार्टीलाई मत दिएको भन्दै ललितपुरको बालकुमारीमा युवा संघका कार्यकर्ताहरुले नेपालको पुत्ला दहन गरेका हुन् ।

कार्यकर्ताहरुले नेता नेपालको पुत्लालाई खाटमा राखेर शंख बजाउदै शवयात्रासमेत निकालेका थिए। ती कार्यकर्ताहरूले बालकुमारीस्थित पुलको छेउमा नेता नेपालको पुत्ला जलाउँदै दाहासंस्कार गरिरहदा प्रहरी पुगेर नियन्त्रणमा लिने प्रयास गरेको थियो।

युवा संघले हिजो नै नेता नेपालको विरुद्धमा प्रदर्शन गर्ने घोषणा गरेको थियो।

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  ४ : ०५ बजे