नेकपा एमालेको माधव नेपाल समूहको भेला फेरी बस्ने भएको छ । मंगलबार बस्ने नेकपा नेपाल समूहका सांसदहरुको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।
यसैबीच अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको पत्र अहिलेसम्म आफूहरूले नपाएको ती नेताले बताए।
सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यद्यपी अहिलेसम्म आफूहरूलाई उक्त विषयमा पत्र नआएको ती नेताले दाबी गरे।
एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्ने भन्दै ओली नै जेठ २ मा नफर्किएकाले यस्तो अवस्था कुनै पनि स्पष्टिकरण र कारबाहीबारे अर्थ नहुने ती नेताले बताए।
आज बिहान नेकपा ९एमाले०का नेता माधवकुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटवार्ता गरेका छन्।








