गोकुल बाँस्कोटाको किन गरे यस्तो दाबी, के होला त सम्भव



नेकपा (एमाले) का नेता गोकुल प्रसाद बाँस्कोटाले माधव नेपाललाई एमालेसंग सँगै हिँडाउन नसकिने दाबी गरेका छन् । पछिल्लो समय नेकपा एमालेभित्र  ढ्दै गएको विवादका कारण उनले सो आँकलन गरेका हुन् ।

नेपाल पक्षधर २२ जना सांसदले पार्टीको निर्देशनविपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई संसद्मा विश्वासको मत दिएका थिए । सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल सहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

यही सन्दर्भमा बाँस्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गर्दै उनले लेखेका छन्- “अब एमाले र माधब नेपाललाई न त संगै हिडाउन सकिन्छ न त जिताउन नै। माधब जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधब मात्र हार्छन।तसर्थ देशभरका एमालेजनले बिना अलमल ब्यक्ति वा पार्टी मध्ये एक रोज्न पर्छ।अर्को विकल्प छैन।शुभरात्री !!!”

यस्तै मैगलबार नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित शीर्ष नेताहरू खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बास्तोला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् ।

विप्लवनिकट स्रोतका अनुसार भेटवार्तामा गत फागुन २१ गते भएको दुई पक्षीय सम्झौताको बारेमा छलफल भइरहेको जनाएको छ। सम्झौतामा उल्लेख भएका तीन बुँदे सहमति अनुसार नेकपाका नेतारकार्यकर्तामाथि लगाइएको मुद्दा खारेज र सम्पूर्ण कार्यकर्ता रिहाइ हुनुपर्ने उल्लेख गरिएको थियो।

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  १२ : २३ बजे