कांग्रेस प्रचार विभागले महाधिवेशनका लागी तयार गर्‍यो डिजिटल भोटिङ प्रविधि



नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको १४औं महाधिवेशन डिजिटल प्रणालीबाट गर्न सकिने गरी प्रविधि तयार गरेको जनाएको छ ।‘प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको छ,’ विभागद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरि विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ ।’ विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

७७ वटौ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने डिजिटल क्षमताको बिकाश गरिएको पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभाग सचिव दिनेश थापा मगरले कोरोना महामारीका कारण भौतिक उपस्थितिमा महाधिवेशन गर्न नसकिने अवस्था आएमा जिल्लाबाटै मतदान गर्न सक्ने गरी प्रविधि तयारी अवस्थामा राखिएको जानकारी दिए । ‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट शुरु गर्नुनपर्ने गरी प्रविधिको विकास गरिएको हो’ उनले भने,केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा विकास प्रविधिको प्रबिधिको प्रयोग गरिने उनले बताए ।

यसैगरी महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधार लगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै क्रियाशील सदस्यबीच पुर्‍याउन आवश्यक दृष्टिगत गरि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव मगरलाई दिइएको छ ।

 

 

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ४ : २३ बजे