माओवादी स्थायी कमिटी बस्दै, बैठकमा के-के होला छलफल



नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्ने भएको छ । सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउँन पार्टीके स्थायी कमिटीको बैठक बस्ने भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री छान्ने जिम्मा दिइएको भए पनि पार्टीका आकांक्षी नेताको संख्या धेरै देखिएपछि प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा बुधवार दिउँसो २ बजे स्थायी कमिटीको बैठक बोलाएका छन्।

पार्टी कार्यालयका सचिव श्रीराम ढकालले समसामयिक र सांगठनिक बिषयमा छलफल गर्न बैठक बोलाइएको बताए। उनले सरकारमा सहभागि हुने नेताबारेमा पनि बैठकमा छलफल हुने जानकारी दिएका छन्।

यसअघि माओवादीको स्थायी कमिटीमा उच्चस्तरिय राजनीतिक संयन्त्रको प्रस्ताव भएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको मंगलवारको भेटमा प्रचण्डले साझा कार्यक्रमका साथ सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेका थिए। उक्त सहमतिअनुसारको खाका बनाएर माओवादीका नेता सरकारमा सहभागि हुने तयारी छ।

प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार  ८ : ४९ बजे