एमाले उपाध्यक्ष रावलले लगाए नेपालमाथि यस्तो आरोप, अब के गर्लान नेपाल



नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू वरिष्ठ नेता माधव नेपालकै कारण लज्जित हुनु परेका बताएका छन् । माथि गम्भीर आरोप लगाएका छन् । उनले राजनीतिक रूपमा आफुलाई माधव नेपालले बेवकुफ बनाउने काम गरेको बताएका हुन्।

रावल निकटका सुदूरपश्चिम प्रदेशका मन्त्री र सांसदहरू राजीनामा फिर्ता गराउन काठमाडौं आएका नेताहरूसँग ब्रिफिङ गर्दै रावलले राजनीति नै सिध्याउनेगरी आफूलाई बेवकुफ बनाउन खोजिएको बताएका थिए ।

पछिल्लो समय रावलले नेपाललाई गलाउन खोजेको आरोप लागिरहेका बेला रावलले आफू निकटसँग यस्तो ब्रिफिङ गरेका हुन् । सुदूरपश्चिमका नेताहरूले भने प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।

यस्तै रावलले आफूलाई लज्जित पार्ने काम गरेपछि माधव नेपाल समुहले नै ओलीपक्षमा लागेको प्रचार गरेको समेत बताएका थिए । रावलले आफ्नो राजनीति सिध्याउने मनसायले नै कार्यदलको संयोजक बनाइएको बताएको एक नेताले बताए ।

‘मलाई संयोजक बनाइयो तर संयोजकले गरेको सहमति अस्विकार गरेर अपमान गरियो’ उनले नेताहरूसँग भनेका थिए । नेता रावलले त्यसै कारण पनि आफू राजिनामा दिने अवस्थामा पुगेको बताएका थिए । तर नेताहरूले भने राजिनामा फिर्ता लिन दवाव दिएका थिए । नेताहरूले आग्रह गर्दा रावलले यो राजीनामा फिर्ता लिन नसकिने बताएका थिए ।

प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार  ११ : ०२ बजे