नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन् । विप्लवसहितका नेताहरुले अपरान्ह चार बजे प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् ।
पछिल्ला केहि दिनदेखी विप्लव राजनितीक दलका शिर्ष नेताहरुसंगको भेटघाटलाई तिब्र पारेका छन् । यसअघि एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुलाई भेटेका विप्लवले बुधबार प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् ।
विप्लव निकट एक नेताका अनुसार यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री देउवालाई भेट्न लागिएको बताए ।
प्रधानमन्त्री देउवा र विप्लवको भेटमा गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी हुने स्रोतले बतायो ।








