पार्टीका नेताहरु मिल्नुपर्छ, मिलनमै शक्ति हुन्छ : शान्ता चौधरी



प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेकी नेत्री शान्ता चौधरीले पार्टीका नेताहरु मिल्नु पर्ने बताएकी छन् । बिहिबार समाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले सबै भन्दा ठूलो शक्ति मिलनमा नै हुने बताएकी हुन् ।

पछिल्लो समय एमालेमा पार्टी अध्यक्ष केपि शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालीबिच जुहारी चलिरहेकै बेला सांसद चौधरीले नेताहरुले सबैको हितका लागि पनि मिल्नु पर्ने बताएकी हुन्

‘सबै भन्दा ठूलो शक्ति मिलनमा नै हुन्छ, त्यसैले मिलन भन्दा अरु कुनै ठूलो कुराहुनै सग्दैन, त्यसैले सबैको हित मिल्नुमै छ ! फेरि पनि भन्छु हामी सबै म म गरौं र मिलौ, उनले भनिन् ।’

प्रकाशित मिति : श्रावण ७, २०७८ बिहिबार  १२ : ३५ बजे