नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपाल समुहका सांसदहरुले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । वरिष्ठ नेता नेपालसहित २२ सांसदले आजै स्पष्टीकरणको जवाफ दिने बताएका हुन् ।
एमालेका २२ सांसदले ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिएका थिए । उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइएपनि फ्लोर क्रसबारे केही बोलिएको छैन ।








