नेकपा एमाले भित्र देखिएको विवादमा अध्यक्ष केपी शर्मा लचिलो बनेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोम्बोधन गर्दै ओलील बाटो विराएका नेताहरुलाई आममाफि दिने बताएका हुन् ।
फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिएका अध्यक्ष ओलीले ले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् ।
‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड,ओलीले भने ।’ उनले १९६० ताका अमेरिकी गायक बब डायलानको ‘वी श्याल ओभरकम समडे’ बोलको गीत स्मरण गर्दै आफूहरु पनि ओभरकम गर्ने बताए ।
आफू जनाताको आदेशबाट नभई अदालतको परमादेशबाट प्रधानमन्त्रीबाट हटेको पुनः दावि गरे । उनले भने,‘मेरो चिन्ता के हो भने सम्मानित अदालतको विश्वास जनजनको मनमा बढोस । जे गरेपनि मान्नैपर्छ भनियो भने विश्वास कायम रहन्छ कि रहँदैन, त्यो चिन्ताको विषय हो । संविधान जसले पनि पढ्न जान्दछ । कानून जसले पनि पढ्न जानेको छ । म चाहन्छु अदालतको गरिमा बढोस ।’
ओलीले कांग्रेस पार्टी उहिल्यै काम लाग्दैन भनेर गणेशमान र किसुनजीहरुले भनेको र जीवनको उत्तरार्धमा गणेशमान र किसुनजी अलग भएको पनि स्मरण गराए । उनले भने,‘नेपाली कांग्रेस अब काम लाग्दैन् , यो स्वार्थ र अवसरवादको दलदलमा जाकियो भनेर गणेशमान र किसुनजीले पार्टी छोडेको अलग अलग समयमा घोषणा गर्नुपर्यो । नेपालको कम्युनिष्ट आन्दोलनभित्र पनि यस्ता दुःखद् पक्ष छन् । पुष्पलालले अघि सारेको विचारलाई हामीले यहाँसम्म ल्यायौं । वैचारिक हिसाबले धुकचुक मान्नुहुँदैन् । विचार बोकेर हिँडेको पार्टी यो हो । पुष्पलालले यो विचारलाई मूल बाटोमा ल्याउनुभयो । लोकतान्त्रिक गणतन्त्रको मागबारे पुष्पलालले दोस्रो महाधिवेशनमा यो कुरा उठाउनुभएको थियो । त्यो विचार बोक्ने संगठन, सुरुमा थिएन ।’








