कांगेसबाट तीन जना मन्त्री बन्दै, आजै सपथग्रहण



नेपाली कांग्रेसले लामो रस्साकस्सी पश्चात् मन्त्री बन्ने सांसदको नाम टुंगो लगाएको छ । गण्डकीमा सत्ताको नेतृत्व गर्ने दल नेपाली कांग्रेसले सरकार बनेको डेढ महिनापछी मन्त्री बन्ने सांसदको नाम टुंगो लगाएको हो ।

कांग्रेसले पाउने थप ३ मन्त्रालयमा स्याङ्जाका मेखलाल श्रेष्ठ, तनहुँका डोबाटे विश्वकर्मा र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका छन् । यी तिनै जना सांसद समानुपातिक निर्वाचित हुन् ।

यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सङ्गै सपथ लिएका कास्कीका कुमार खड्का पनि समानुपातिक सांसद हुन् । खड्काले अहिले शिक्षा, विज्ञान प्रविधी तथा सामाजिक विकास मन्त्रालय सम्हालेका छन् ।

कांग्रेसले अब पाउने तीन मन्त्रालय भौतिक पूर्वाधार, पर्यटन र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला हुन् । यी तीन मन्त्रालय कसले पाउने भन्ने तय भैसकेको छैन । शुक्रबार १ बजे नवनियुक्त मन्त्रीको सपथ कार्यक्रम तय भएको छ ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको बिहीवार निरीक्षणपछि उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए ।

कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई संघले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री पोखरेलले आइसोलेसनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सरकारको सम्पत्ति संक्रामक तथा सरुवा रोग अस्पताललाई मुलुकभरकै नमूना बनाउने प्रतिबद्धता व्यक्त गरे ।

गण्डकीका प्रमुख सचिव डा। दामोदर रेग्मीले कमजोर आर्थिक अवस्था भएको हाम्रो मुलुकले कोरोना नियन्त्रण र रोकथामका लागि गरेको काम अनुकरणीय भएको बताए । अस्पतालका कार्यकारी निर्देशक डा। विकास गौचनले सीमित स्रोत र साधनका बीच पनि अस्पतालले छोटो अवधिमा उत्कृष्ट कार्यसम्पादन गरेको उल्लेख गर्दै गत आर्थिक वर्षमा ८२१ जना कोभिड बिरामीको उपचार गरेको जानकारी दिए ।

 

 

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  १२ : ३२ बजे