नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले प्रधानमन्त्री शेर बहादुर देउवा लक्की भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै प्रधानमन्त्री लक्की भएको बताएका हुन् ।
‘एक किसिमले उहाँ (देउवा) लक्की नै हुनुहुन्छ,’ उनले भने, ‘ओलीले पानी जहाज पनि चलाई सक्नु भएको छ । चुच्चे रेलले दुवै छिमेकीलाई छोइसकेको छ । हाम्रो प्रधानमन्त्रीलाई काम गर्न चाहिँ सजिलै होला जस्तो छ ।’
सिंहले एमालेका संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङप्रति लक्षित गर्दै संविधानको धारा ७६(५) को व्यवस्थाबारे आलोचना गरे । ‘कानुनविद्, विद्वान भन्छ भन्ने बेलामा । संविधान बनाउँदा धारा ७६(५) राख्ने अहिले आएर संस्कार र भ्यालूको कुरा गरेर मिल्छ ?’ उनले प्रश्न गर्दै भने, ‘दोस्रो पटक यो लोगो लगाएर हामी यहाँ उभिएका छौँ । सत्तामा रहँदा कार्यपालिकाले अपनाउनुपर्ने कुरा नपाउने ? अहिले आएर जनताको जनादेश हैन परमादेश भनेर उहाँहरुले के पाउनुहुन्छ रु देउवा सविधानअनुसार प्रधानमन्त्री हुनु भएको छ । आफूले विधि र प्रक्रिया मिच्ने, दलहरुले संविधान रक्षाका लागि अघि बढ्दा । सत्तामा हुँदा एउटा कुरा, विपक्षमा हुँदा मूल्य मान्यता कुरा गर्ने ?’








