नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले केपी शर्मा ओली पक्षलाई कटाक्ष गर्दै नेपाली जनाता बेवकूफ नभएको बताएका छन् । शुक्रबार नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरूले बधाइ तथा शुभकामना दिँदै गजुरेलले यस्तो बताएका हुन् ।
‘अनुशासन सबैभन्दा माथि भएकोले पालना गर्नुपर्छ । आफू अनुशासन पालना नगर्ने, सबैलाई बेवास्ता गर्ने अलि ठूला ठूला कुरा गरेर हुन्छ ? जनता लाटा छन्, नेपाली जनता बेवकुफ छैनन्’, उनले अगाडि भने,’पार्टीले निर्वाचित गरेको प्रधानमन्त्री, पार्टीले उम्मेदवारी दिएर गठबन्धनले उम्मेदवारी दिएर निर्वाचित भएको प्रधानमन्त्रीले पार्टीमा छलफल नै नगरिकन, संसदीय दलमा छलफल नै नगरिकन संसद् विघटन गर्नु के दलीय प्रणालीको विशेषाता हो ? अनुशासन यही हो ?’








