नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेको नयाँ कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन भएको छ । शुक्रवार भक्तपुरको कौशलटारस्थित एक पार्टी प्यालेसमा घिमिरेको नयाँ कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन भएको हो ।
नेपाली कांग्रेसका बरीष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोईराला, नेता शेखर कोइराला, डा . मीनेन्द्र रिजाल, बलबहादुर केसी लगायतका नेताले कविता संग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन गरेका थिए ।
बिमोचनका क्रममा बोल्दै नेता घिमिरिले कबिता समाज परिवर्तनको शसक्त माध्यम भएको बताए ।उनले नेपालमा मात्रै नभएर बिश्वभरी नै कबिता समाज र राजनितिक परिवर्तनको साधन बनेको उदाहरण पेस गरेका थिए । नेता घिमिरेका यसअघी पनि थुप्रै साहित्यिक कृती प्रकासित भइसकेका छन ।








