धरानमा एक दर्जन एमालेका कार्यकर्ता एमाले छोडेर कांग्रेसमा प्रवेश



धरानका नेकपा एमालेका एक दर्जन कार्यकर्ताहरूले एमाले छोडी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।धरानको काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा दर्जन बढी एमाले कार्यकर्तालेले नेकपा एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् ।

नव प्रवेशी कार्यकर्ताहरूलाई नेपाली काँग्रेस धरानका नगर सभापति एवं मेयर तिलक राई, काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, काँग्रेस सुनसरी जिल्लाका सचिव सुजेन्द्र गोले तामाङ, काँग्रेस महासमिति सदस्य पर्वत राई लगायतका नेताहरूले खँदा तथा अबिर लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै नेताहरूले काँग्रेसले सधैँ हौसला हुने काम मात्र गर्ने बताएका छन्। नव प्रवेशीहरुलाई कुनै दिन पनि काँग्रेस प्रवेश गरेकोमा पश्चात्ताप नहुने भन्दै नेताहरूले आश्वासन दिएका छन्।

नव प्रवेशीहरु कमला राई, रुपा भुजेल, एलिशा तामाङ, तारा राई, देवी मंग्राती, सिता मंग्राती, रेनु विश्वकर्मा, सुमित्रा तामाङ, रिना गुरुङ, प्रेम राई र अनुश राईले पार्टी प्रवेश गरेको काँग्रेस धरानका सचिव श्याम पोख्रेलले जानकारी दिए।

प्रकाशित मिति : श्रावण १०, २०७८ आइतबार  १० : ०८ बजे