एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै गुण्डा दल नभएको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघले गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको मुहार फेर्ने अभिभारा भएको पार्टी एमाले भएको बताएका हुन् ।
‘एमाले कुनै गुण्डा दल होइन। परिपक्व राजनीतिक पार्टी हो। यसलाई देशको मुहार फेर्ने अभिभारा छ।’
उनले आफूविरूद्ध मुख छाडेर अनेक लेखिने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘केपी ओलीलाई मुख छाडेर कसैले जीविका चलाउँछ भने म खुसी नै हुन्छु। त्यस्ता केही दर्जन मानिस छन्, तीन करोड नेपालीमा। भ्यागुताले इनारको प्वालबाट देखे जति धर्ती र आकास ठानेजस्तै१’
यस्तै प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरेर आफ्नै सरकार ढाल्ने, पार्टी फुटाएर सजिलो बनाइदिएका घटना पनि आफूहरूले देखिरहेको ओलीको भनाइ छ।








