निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्री देउबाको निर्देशन



प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्।निर्मला पन्तको हत्या भएको ३ वर्ष पुगेको दिन आइतबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण र प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई बोलाएर हत्याको घटनाको छानबिन गरी दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका हुन्।

‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखलाइृ बोलाएर अहिलेसम्म भएको अनुसन्धानको जानकारी लिएको छु’, देउवाले भनेका छन्, चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छ।आइतबार साँझ सामाजिक सञ्जालमार्फत् देउवाले यसबारे जानकारी दिएका हुन्।

प्रकाशित मिति : श्रावण १०, २०७८ आइतबार  ८ : ४० बजे