जसपा विबादबारे आयोगमै पुगेर रेशम चौधरीले गरे यस्तो खुलासा, के गर्छन ठाकुर र यादव ?



दिल्ली बजार कारागारमा रहेका प्रतिनिधिसभाका निलम्बित सदस्य तथा जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको बताएका छन् । सोमबार जिर्वाचन आयोग परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सो प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘जेलमा रहेको मलाई पक्षमा विपक्षमा सनाखत गर्न नैतिकताले दिएन । मेरो लागि पक्ष पनि जसपा विपक्षी पनि जसपा हो ।’

उनले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भिष्मपितामहको संज्ञा दिए । उनलाई अहिलेको अवस्थाबारे सबै थाहा हुँदाहुँदै पनि यो अवस्था हुन पुगेको बताए ।

आफू अझै पनि न्यायको पक्षमा रहेको भन्दै चौधरीले यसमा पार्टीका सबै नेताको सहयोग रहने आफ्नो अपेक्षा रहेको बताए ।

प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार  ३ : ४० बजे