निर्वाचन आयोगमा चौधरीले यसरी सुनाए महाभारतको कथा



निलम्बित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपितामहको संज्ञा दिएका छन् । उनले हार्ने निश्चित हुँदाहुँदै पनि ठाकुरले केपी ओलीलाई सघाएको स्मरण गर्दै वास्तवमा भने भीष्मपितामह भएको टिप्पणी गरेका हुन् ।

‘महाभारतको युद्धमा भिष्मपितामहलाई थाहा थियो तर पनि उनी दुर्योधनको पक्ष लिएर लडाइँ लड्न बाध्य भए,’ निर्वाचन आयोग परिसरबाट बाहिरिने क्रममा भने, युधिष्ठिर र अर्जुनले युद्ध जित्छन् भन्ने उहाँलाई थाहा थियो । तथापि उहाँ दुर्योधनको पक्षमा उभिनुभयो, अनले भने ।’

चौधरीको भनाइ जस्ताको तस्तैः

म पार्टीको बफादार सिपाही र इमान्दार कार्यकर्ता हो । म जनता समाजवादी पार्टीबाट सदस्य भएर निर्वाचन लडेको हुँ । त्यसैअनुसार कैलाली जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित पनि भएँ । म तीन वटा कुरा तपाईंहरुसामु भनेर जान चाहन्छु ।

एउटा कुरा मेरो दुईटा अध्यक्षलाई र विशेषतः जो साथीले म विजय प्राप्त गरेको छु भनेर भन्नु भएको छ, त्यो वर्गलाई पनि मेरो एउटा सुझाव छ –महाभारतको युद्धमा भिष्मपितामहलाई थाहा थियो तर पनि उनी दुर्योधनको पक्ष लिएर लडाइँ लड्न बाध्य भए ।

युधिष्ठिर र अर्जुनले युद्ध जित्छन् भन्ने उहाँलाई थाहा थियो । तथापि उहाँ दुर्योधनको पक्षमा उभिनुभयो । युद्ध हुन्जेलसम्म अर्जुनले हानेको बाँणले भीष्मपितामह लड्नुभयो र युद्ध हुन्जेलसम्म हरेक दिन अर्जुन युद्ध सकिएपछाडि पनि भीष्मपितामहलाई सोध्न जानुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘मैले तपाईँलाई बाँण हान्न नहुने तर एउटा निष्ठाका कारण युद्धको नियमका कारणले मैले तपाईँलाई बाँण हान्नुपर्७शधवसयो क्षमा पाउँ भिष्मपितामह’ भनेर भन्नुहुन्थ्यो । मेरो पार्टीमा मेरा अध्यक्ष महोदयहरूमा अत्यन्त श्रद्धेय लाग्छ, महन्थ ठाकुर । उहाँ अत्यन्त आदर्श र सम्मानको पात्र हुनुहुन्छ । कसैले एक पक्षले बाजी मार्ला कसैले हार्ला तर जिन्दगीभरी कमाएको निष्ठाको लागि म महन्थ ठाकुरप्रति भीष्मपितामहको एउटा दर्जा दिन्छु । उहाँकहाँ गएर सबैले मैले के गर्नुपर्छ, मैले जितिनँ, हामी मिल्नुपर्छ, हामी एक हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ ।

आज जेलबाट यस निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन । मेरो लागि पक्ष जसपा हो, विपक्ष पनि जसपा हो । म जसपाको एउटा कार्यकर्ता हुँ । आज राजनीतिक मुद्दाका कारणले म जेल बस्नुपरेको छ । मेरो मुद्दामा मेरो पार्टी कतिको लडिरहेको छ त्यो उहाँहरूको दृष्टिकोण होला ।

अर्को कुरा, (कवितात्मक शैलीमा)

कठघरामा उभिएर जति सत्य बके पनि

न्याय पाउँ भन्दै हजुर सयौँ पटक झुके पनि

निरीह ठान्दा रहेछन् शीर निहुराएपछि

दोषी ठहरु्याउँदा रैछन् चुप लागेर बसेपछि

श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन

दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन

अर्को तीन वटा प्वाइन्ट, एक न्याय, दुई न्याय, तीन न्याय !

प्रकाशित मिति : श्रावण ११, २०७८ सोमबार  ४ : १३ बजे