आयोगको फैसलाले पोखरेल धरापमा



जनता समाजवादी पार्टीको आधिकारिताबारे सोमबार निर्वाचन आयोगले टुङ्गो लगाएपछि लुम्बिनी प्रदेश सरकारलाई असर परेको छ । बहुमतको दाबी गरिरहेका मुख्यमन्त्री शंकर पोखरेल आयोगको निर्णयले अब देखिने गरी अल्पमतमा परेकाले पद छाड्नुपर्ने अवस्थामा पुगेका हुन् ।

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपाका ६ जना सांसद मध्ये ४ जनालाई फकाएर मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख समक्ष बहुमतको दाबी गरेका थिए।तर यही बीचमा जसपाबाट मन्त्री समेत बनेकी सांसद सुमन शर्मा रायमाझी सरकार छाडेर मुख्यमन्त्रीको विपक्षमा उभिएकी हुा् ।

लुम्बिनी सरकार अल्पमतमा परे पनि मुख्यमन्त्री पोखरेलले आफ्नो बहुमत रहेको दाबी गरेका छन् । विपक्षी दलले पद छाड्न या बहुमत पुर्याएर देखाउन दबाब दिइरहँदा पोखरेलले जसपाको विवाद निर्वाचन आयोगबाट टुङ्गो लागेपछि मात्रै यसबारे निर्णय गर्ने बताएका थिए ।

आयोगको निर्णयसँगै जसपाका सबै सांसद भट्टराई-यादव समूहमा उभिनुपर्ने बाध्यता भएकाले मुख्यमन्त्रीको पक्षमा समर्थन गरे उनीहरु कारवाहीमा परेर पदमुक्त हुन सक्नेछन् ।

यसअघि अल्पमतमा पर्ने देखिएपछि प्रदेशसभा मध्यरातमा अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका मुख्यमन्त्रीका लागि अब सबै वाहाना सकिएकृ छ ।

मुख्ममन्त्रीलाई एमालेका ३८ जना सांसदको मात्रै समर्थन हुने देखिएको छ । जबकी ८३ सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४२ सांसद चाहिन्छ । जसपा विवाद टुङ्गो नलाग्दा पनि उहाँसँग जम्मा ४१ सांसदको समर्थन देखिएको थियो ।

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  ९ : ३६ बजे