प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसुची



प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। बैठक आज दिउँसो १ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

यसैगरी आजको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/२०७७ पेश गर्ने कार्यसुची रहेको छ

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  ९ : ५९ बजे