प्रतिनिधि सभाका सदस्य गजेन्द्र बहादुर महतले भर्खरै गफाडि सरकारलाई बिदा गरेको बताउँदै उनले अबको सरकार पनि गफाडि हुने होकि भन्ने चिन्ता बढेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद महतले नवनियुक्त उर्जामन्त्रीले गरीबहरुलाई निशुल्क बिजुली दिने समाचारले आफूलाई चिन्तित बनाएको बताएका हुन् ।
उनले मन्त्रीको अभिव्यक्ति झट्ट सुन्दा लोकप्रीय भएपनि कालान्तरमा जिब्रोको पासो हुने अभिव्यक्ति दिए । ‘हामी सांसद अहिले अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिएजस्तो भएका छौं । हामी बुलले खाजा खाने बेलामा माननीय भएछौं । सरकार र मन्त्रीका कारण हामीले सांसदको लोगो लुकाएर हिँँड्छौं ’ उनले गोजीबाट लोगो निकाल्दै भने ।
खनखनी पैसा गन्छौ भन्दा कर्णालीमा बिजुली पुर्याउन नसक्ने सरकारले निशुल्क दिन्छु भनेर गफ नदिन आग्रह गरे ।








