माओवादी केन्द्रले किन बोलायो आकस्मिक बैठक, के होला छलफल



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष प्रचण्डले बिहान एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि आकस्मिक स्थायी समिति सदस्यहरुको बैठक राखेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे र पार्टीको आन्तरिक सांगठनिक विषयमा छलफल भइरहेको बुझिएको छ ।

यसअघि गत साउन सात गते बसेको बैठकले आगामी साउन १७ गते स्थायी समिति र २० गते केन्द्रीय समिति बैठक बस्ने मिति तय गरेको थियो ।

प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार  ३ : ११ बजे