तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका दुई जना प्रदेश प्रमुख पुनःनियुक्त गर्न माओवादी केन्द्रले सिफारीस गरेको छ ।
मंगलबार बसेको स्थायी कमिटीको बैठकले गण्डकी र प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पुनःनियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले गण्डकीमा अमिक शेरचन र प्रदेश २ मा तिलक परियारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
माओबादि केन्द्रले सिफारिस गरेसगै उनिहरुको नियुक्ती हुन सक्ने उच्च श्रोतले जानकारी दिएको छ ।
ओली नेतृत्वको सरकारले उनीहरुलाई हटाएर गण्डकीमा सीता पौडेल र प्रदेश नम्बर दुईमा राजेश अहिराजलाई नियुक्त गरेको थियो ।








