प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व सरकारमा नेकपा एमालेको माधव नेपाल पक्ष नजाने भएके छ । बुधबार प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा नेपाल पक्षबाट डा। विजय पौडेल सरकारमा नजाने बताएका हुन् ।
पौडेलले पार्टी एकताकै लागि प्रयास भइरहेकाले अहिले सरकारमा जान नसकिने बताएका हुन् । ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं भन्यौं,’ डा. पौडेलले भने । जवाफमा प्रधानमन्त्रीले पनि तपाईंहरुको समस्या बुझेको छु भनेका थिए ।
यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि आफूहरु सरकारमा सहभागी नहुने बताएका छन् । अध्यक्ष केसीले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएर गलत गरेको भनेर समेत कुरा राखेका हुन् ।








