कांग्रेसको पदाधिकारी बैठक बस्दै, यी एजेन्डामाथी छलफल हुने



नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने भएको हो ।

बैठकमा पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने कांग्रेसले जनाएको छ । १४ महाधिवेशनको तयारीका विविध विषयमा पनि छलफल हुने भएको हो।

बुधबार पार्टीको बैठकले नेता रमेश लेखकको संयोजकत्वमा गठित कार्यदललाई क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा निर्धारित समय सकिदासमेत विवाद मिल्न नसकेपछि एक दिनको थप समय दिएको थियो । सोहीअनुसार आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

भापति देउवा पक्षले कोभिड समस्या तथा पार्टीको आन्तरिक सांगठनिक समस्याका कारण महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन निर्धारित समयमै हुनुपर्ने अडान राख्दै आएको छ । महाधिवेशन आगामी भदौ १६ गतेदेखि काठमाडौंमा आयोजना गर्ने निर्णय गरिसकेको छ । स

कांग्रेसको बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लाको क्रियाशील सदस्यताबारे विवाद छ । नेता लेखक नेतृत्वको कार्यदलले हिजो बुधबार सभापति देउवा समक्ष प्रतिवेदन बुझाए पनि सदस्यता टुङ्गो लगाउने प्रयास स्वरुप एक दिनको समय थप गरेको थियो । आजको बैठकमाा प्रतिवेदन पुनः कार्यदलले बुझाउनेछ ।

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहिबार  ९ : १२ बजे