जसपा कार्यकारिणी समितिको बैठक सुरु



जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बिहिबार ११ बजे बस्ने भनिएको बैठक १ बजेदेखी सुरु भएको हो ।

पार्टीका शीर्ष नेताहरु सत्तारुढ गठबन्धनको गोप्य छलफलमा गएकाले बैठकमा ढिलाई भएको थियो ।

उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिको पूर्णता, संगठन विस्तार तथा समायोजन लगायतको विषयमा छलफल हुने बताइएको छ ।

बुधबार बसेको बैठकले सरकारमा मन्त्री पठाउनेबारे निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहिबार  २ : ०० बजे