नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिबेदन बुझाएको छ ।बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा समितिको तर्फबाट अन्तिम प्रतिबेदन बुझाइएको हो ।
यसअघी हिजो मात्रै पहिलो प्रतिवेदन बुझाएको समितिलाई २४ घण्टाको समय थप गरी त्रुटि सच्याउन र बाँकी विषय मिलाउन पुन: जिम्मेवारी तोकिएको थियो ।समितिले बुझाएको प्रतिबेदनमा सप्तरी, बारा धनुषा निर्वनचन क्षेत्र नम्बर–४, सर्लाही क्षेत्र नम्बर–२, सिन्धुपाल्चोक र रसुवामा सदस्यता बिबाद कायमै रहेको र ति जिल्लाको बिबाद पदाधिकारी र पूर्वपदाधिकारी तहबाट मिलाउने बैठकपछी नेताहरुले जानकारी दिए ।
समितिका प्रवक्ता प्रदीप पौडेलले केही विावद बाँकी भए पनि महत्वपूर्ण जिम्मेवारी पूरा गरेर समितिले प्रतिवेदन बुझाएको बताए। उनले अब केहीमात्र विवाद बाँकी रहेको र सो विवाद पार्टीको शीर्ष नेताहरुबाटै निर्णय हुने विश्वास व्यक्त गरे। उनले अब महाधिवेशन हुने वातावरण बनेको भन्दै महाधिवेशन सार्ने वा अन्य विकल्पबारे बहस गर्ने विषय अस्वभाविक भएको बताए ।उनले छानबिन समितिमा आएका विवादका आधारमा सयवटा वडाका नयाँ क्रियाशील सदस्यता स्थगन गरेको जानकारी दिए ।उनले ६,७४३ वडामध्ये ४ प्रतिशत वडामात्र स्थगन भएको बताए ।
प्रतिवेदनमा नेताहरुले अध्ययन गरी सहमती खोजेपछी महाधिबेशनको कार्यतालिका बारेमा छलफल हुने बताइएको छ । यसअघी तोकिएको साउन १२ देखि शुरु हुने अधिवेशन नै शुरु हुन सकेको छैन।








