सीसीएमसीको बैठक बस्दै, निषेधाज्ञा कडा बनाउने



पछिल्ला दिनहरुमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रणबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ। सीसीएमसी बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले निषेधाज्ञा कडा बनाउने निर्णय गर्न सक्ने सम्भावना रहेको बताइएको छ। केही दिनयता कोरोना संक्रमणको दर बढ्दै गएको छ ।

अहिले पनि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी नै छ। काठमाडौं उपत्यकामा निषेधाज्ञा भए पनि सार्वजनिक गाडीसमेत सञ्चालन हुनेगरी खुकुलो पारिएको छ।

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  १० : ४७ बजे