आफुलाई दिएको जिम्मेवारीमा कुनै आँच आउन दिदैनन् : प्रदेश प्रमुख गुरुङ



गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले राजनीतिक निष्ठाका कारण आफुलाई दिएको जिम्मेवारीमा कुनै आँच आउन नदिने बाएका छन् । पदभार ग्रहण अघि गृहजिल्ला चितवन पुगेका उनले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न लागि पर्ने बताएक हुन् ।

शुक्रबार पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम नगर्ने बताएका छन् र

“सरकारले मलाई राजनीतिक निष्ठाका कारण दिएको जिम्मेवारीमा आँच नआउने गरी काम गर्ने र पदमा रहुञ्जेल राजनीतिक दलमा निष्क्रिय रहेर प्रदेशको विकासमा लाग्छु,प्रदेश पूम्ख गुरुङले भने ।”

फरक प्रसङ्गमा उहाँले पार्टीको १४ औँ महाधिवेशनमा कुनै पदका लागि पनि उम्मेदवारी नदिने पनि घोषणा गर्नुभयो ।

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  १ : ०३ बजे