नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति सदस्यहरुलाई केही दिनसम्म काठमाडौं उपत्यका नछाड्न निर्देशन दिइएको छन्। अध्यक्ष प्रचण्डले केही महत्वपूर्ण निर्णय गर्नुपर्ने भएकाले स्थायी समिति सदस्यहरुलाई उपत्यका नछाड्न भनेका हुन्।
सकेसम्म कतै नजान र जानै परे खबर गर्न प्रचण्डले निर्देशन दिएको एक स्थायी समिति सदस्यले जानकारी दिए । कारण भने आफूलाई नखुलाइएको ती नेताले बताए । ‘केही महत्वपूर्ण निर्णय गर्नुपर्ने भएकाले भनिएको छ। त्यो महत्वपूर्ण निर्णय के हो भन्ने थाहा छैन’ एक स्थायी समिति सदस्यले भने ।
माओवादी स्थायी समिति बैठक शनिबारका लागि बोलाइएको छ। सोही बैठकका कारण र मन्त्रिपरिषद् गठनका विषयलाई महत्वपूर्ण भनिएको हुनसक्ने अनुमान उनले गरेका छन् ।








