डिशहोमले शुरु गरेको फाइबरनेटको सेवा जनकपूरमा पनि बिस्तार गरेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र बिराटनगर मा यस अघि नै फाइबरनेटको सेवा पुगिसकेको डिशहोमले जनाएको छ ।
्नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि छिट्टै सेवा शुरु गर्ने डिशहोमले जनाएको छ ।डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको पनि कम्पनिले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप्स र एक्स भिओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबिपिएस देखि १०० एमबिपिएस सम्म उपलब्ध छन् ।










