दार्चुला घटनामा सरकारले भारतिय पक्षलाई माफी मगाउनुपर्छ : गुरुराज घिमिरे



नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता गुरुराज घिमिरेले दार्चुलाका एक युबा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटेको घटनाको छनबिन गर्न सरकारसग माग गरेका छन ।

नेता घिमिरेले सामाजिक सञ्जाल ट्विटर मार्फत प्रतिक्रीया जनाउदै नदी तर्नेक्रममा एसएसबिले तुईन काट्दा नेपाली नागरिक जयसिंह धामी महाकाली नदीमा बेपत्ता हुनु चरम अमानवीय घटना र ज्यादतिको पराकाष्ठा भएको उल्लेख गरेका छन ।उनले तुरुन्त भारतीयपक्षसँग कुरागरि माफी मगाउदै पिडीत परिवारलाई समुचित क्षतिपूर्तिको ब्यबस्था गराउन पनि सरकारलाई आग्रह गरेका छन ।

स्थानिय युबा जयसिंह धामी दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउँदा तुइन मार्फत महाकाली नदी तर्दै गर्दा भारतिय एसएसबीले तुइन काटेपछी महाकालिमा खसेर उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : श्रावण १६, २०७८ शनिबार  ११ : ५४ बजे