नेपाली कांग्रेसका तीन नेताहरुले पुन: महाधिबेशन केन्दृत छलफल थालेका छन ।कांग्रेस महामन्त्री डा .शशांक कोइराला र नेता विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहबिच नेता सिंहको निवास चाक्सीबारीमा आज छलफल भएको हो ।
तीन नेताको आजको छलफलमा संबैधानिक बाध्यतालाई समेत ख्याल गरेर महाधिबेस सम्पन्न गर्ने बिषयमा प्रमुखताका साथ छलफल भएको बताइएको छ ।
देशको समसामयिक राजनिती र निकट भबिष्यमा आउन सक्ने भनिएको कोरोना सङ्क्रमणको तेश्रो लहर र त्यसले महाधिबेशनमा पार्ने प्रभाबका बारेमा पनि छलफल भएको कांग्रेस उच्च श्रोतले जानकारी दिएको छ ।
तेसैगरी प्रधानमन्त्रीले घोषणा गरेअनुरुप सबै नागरिकलाई खाेप दिलाउन सरकारले ध्यान दिनु पर्ने बिषयमा पनि छलफल भएको बताइएको छ ।








