श्रेष्ठ निवासमा शीर्ष नेताहरुको छलफल



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आइतबार पार्टीको स्थायी समितिको बैठकअघि शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

छलफल माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठको निवासमा चलिरहेको स्रोतले जनाएको छ । त्यस्तै, बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने तयारी भइरहेको जनाइएको छ ।

पेरिसडाँडामा बैठक बोलाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । नेपालनिवासमा प्रचण्ड र नेपालबीच राजनीतिक विषयमा छलफल भएको स्रोतले बताएको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिनका लागि नेपाल पक्षको सहभागिताका विषयमा प्रष्ट हुनका लागि प्रचण्ड नेपालनिवास कोटेश्वर पुगेका स्रोतले बताएको छ । नयाँ सरकार बनेको तीन सातासम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

माओवादी केन्द्रको आजको बैठकले सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीहरुको नाम पनि तय गर्ने बताइएको छ ।

प्रकाशित मिति : श्रावण १७, २०७८ आइतबार  १ : २३ बजे