नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ । आइतवार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकपछि नेता नारायणकाजी श्रेष्ठले अध्यक्षले छुट्टा(छुट्टै वार्ता गर्ने बताएका हुन्।
उनले भने ‘अध्यक्ष कमरेड प्रचण्डले सम्बान्धित घटकसँग छुट्टा छुट्टै र सामुहिक वार्ता गर्नेछन् ।’
यस्तै सोमवारका लागि बोलाएको स्थायी कमिटीको बैठक माओबादी केन्द्रबाट सरकारमा सहभागी हुने नेताहरुको टुंगो लगाउने तयारी भएको छ । प्रचण्डले बोलाएको स्थायी कमिटीको बैठकले सरकारमा सहभागी हुने नेताहरुको टुंगो लगाउने भएको हो ।
आजको बैठकमा माओवादीले गठबन्धनलाई झन् बलियो बनाउने निर्णय समेत गरेको छ। सरकार र प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउन पहल गर्ने माओवादीको निर्णय छ।
माओवादी केन्द्रमा मन्त्री बन्ने आकांक्षी धेरै हुँदा अध्यक्ष प्रचण्डले आफू तनावमा रहेको बताउँदै आएका छन्।
बैठकले केन्द्रिय समितिको बैठक साउन ३० गते बस्ने तय गरेको छ ।
बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।
त्यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको बताइएको छ ।








