मन्त्रिपरिषद् विस्तारमा को बन्यो बाधक, प्रवक्ता श्रेष्ठले गरे खुलासा



नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् विस्तार एमालेको नेपाल–खनाल समूह बाधक बनेको बताएका छन् ।आइतबार बसेको पार्टी स्थायी कमिटीको बैठकपछि उनले एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले केही समय कुर्न भनेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका हुन् ।

उनले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद हुँदा पनि मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको बताएक हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीको आधिकारिकता पाइसकेको छ । अब खनाल–नेपाल समूहले छिट्टै निर्णय गर्नुपर्ने उनले बताए ।

“तर, अब ढिला गर्न हुन्न भन्नेमा गठबन्धन निष्कर्षमा पुगेको छ । जसपाले प्रक्रिया अघि बढाइसकेको छ । अरु पार्टीहरुसँग पनि निर्णायक तहमा कुराकानी भइरहेको छ । अब एक दुई दिनभित्रैमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी अघि बढ्छौँ,” उनले भने, “जसपापछि एमालेको खनाल–माधव पक्ष नै हो । जनमोर्चाले त सरकारमा नजाने निर्याय नै गरिसकेको छ । त्यसैले उहाँहरुकै लागि भनिएको हो । निर्णय गर्नका लागि केही समय माग्नुभएको थियो । अब निर्णय दिनुहुन्छ, दिनुपर्छ ।”

प्रकाशित मिति : श्रावण १७, २०७८ आइतबार  ३ : ४५ बजे