लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीले आफू माओवादी केन्द्रमा नरहेको बताएकी छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले आफु नेकपा एमालेमै फर्किएको बताएकी हुन् ।
उनले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेकाले माओबादी केन्द्रमा नबस्ने भन्दै एमालेमै पर्केको बताएकी हुन् ।
तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्यमा विजयी बनेकी उनले सर्वोच्चबाट एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।








